कालीकोटमा नौ स्थानीय तहमध्ये आठमा बिजुली
मान्म । कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ । अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ ।
नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युत्को पहुँच विस्तार भएको जानकारी दिए । रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा विद्युत्को पहुँच पुगेको छ ।
आठवठै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा भने पुर्याउन बाँकै नै छ । आठवटै स्थानीय तहका वडा वडामा विद्युत्को प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले जानकारी दिए।
“गाउँगाउँमा अहिले बिजुलीका खम्बा गाड्ने काम भइरहेको छ”, उनले भने, “अब चाँडै पलाँतामा पनि बिजुली पुर्याउँछौँ”, उनले भने ।
पलाँता गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्रै विद्युत्को पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहले बताए। “अहिले त्यहाँ बिजुली पुर्याउनका लागि खम्बा गाड्ने काम भइरहेको छ,” उनले भने ।
जिल्लामा कूल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म चार हजार पाँच सय घरमा विद्युत्को मिटर जडान गरिएको प्रमुख साहले बताए । “विद्युत् पुगेको क्षेत्रमा घरधुरीको अनुपातमा कमैलै मात्र मिटर जडान गरेका छन्”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
-
एआईले बदल्ला क्यान्सरका बिरामीको जीवन ?
-
रास्वपाको आर्थिक नीति : उदार बजार अर्थतन्त्र, सामाजिक न्याय
-
राजनीतिक व्यक्तिलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जान्छ : झलनाथ खनाल
-
गृहमन्त्रीको खाजामा माछाको काँडा प्रकरण : ‘चाडपर्व र भीआईपीका बेला मात्र होइन, वर्षभरि अनुगमन गर’
-
फ्रान्समा इबोलाको पहिलो सङ्क्रमण पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण