राष्ट्रपति पौडेल उद्योगीहरूको भेलालाई सम्बोधन गर्न विराटनगर आउँदै
शनिबार, ०७ पुस २०८०, ०७ : ३८
विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर आउने भएका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न उनी विराटनगर आउन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
पौडेल बिहान ११ बजे विराटनगर आई पुग्ने कार्यक्रम तय भएको छ । उनले विराटनगरस्थित एक होटेलमा केही समय त्यहाँका राजनीतिक तथा औद्योगिक क्षेत्रका व्यक्तिसँग भेटघाट समेत गर्नेछन् ।
राष्ट्रपति पौडेल परिसंघको कार्यक्रममा सहभागी बनेर आजै दिउँसो काठमाडौँ फर्कने सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण