राष्ट्रपति पौडेल उद्योगीहरूको भेलालाई सम्बोधन गर्न विराटनगर आउँदै
शनिबार, ०७ पुस २०८०, ०७ : ३८

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर आउने भएका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न उनी विराटनगर आउन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
पौडेल बिहान ११ बजे विराटनगर आई पुग्ने कार्यक्रम तय भएको छ । उनले विराटनगरस्थित एक होटेलमा केही समय त्यहाँका राजनीतिक तथा औद्योगिक क्षेत्रका व्यक्तिसँग भेटघाट समेत गर्नेछन् ।
राष्ट्रपति पौडेल परिसंघको कार्यक्रममा सहभागी बनेर आजै दिउँसो काठमाडौँ फर्कने सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय