आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
सम्मान कार्यक्रम

लोकतान्त्रिक गणतन्त्रलाई कुनै पनि आँच आउन नदिने राष्ट्रपतिको प्रतिवद्धता

शनिबार, ०७ पुस २०८०, १६ : १३
शनिबार, ०७ पुस २०८०

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई कुनै पनि आँच आउन नदिने बताएका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले मोरङको विराटनगरमा आज आयोजना गरेको पदस्थापना तथा प्रजातन्त्र सेनानीहरूको सम्मान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले आफू पदमा रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै पनि आँच आउन नदिने बताए । ‘मेरो तागतले भ्याएसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै पनि आँच आउन नदिने प्रतिबद्धता व्यक्त गर्छु,’ उनले भने, ‘संविधानले दिएको भूमिका निष्ठा पूर्व निभाउने छु ।’

उनले अर्थतन्त्रमा देखिएको असरमा सरकारले चालेका केही कदमहरूको  सकारात्मक  प्रभाव परे पनि आर्थिक चलायमान भने नभएको बताएका छन् । सरकारले अर्थतन्त्रका विषयमा चालेका कदम तथा नीतिहरूमा निजी क्षेत्र मजबुत अवस्थामा रहेको पनि उनले बताएका छन् ।

सरकारले स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्नुपर्ने पनि उनले बताएका छन् । ‘आम्दानीको सिर्जना नहुँदा जनशक्ति बिदेसिएको छ,’ राष्ट्रपति पौडेलले भने, ‘यसको प्रभाव आज हाम्रा गाउँघर रित्तिइरहेका छन् ।’ 

बिदेसिने जनशक्तिलाई रोक्नलाई कृषि र खनिजमा आधारित उद्योगहरूको विस्तार गरेर विदेशी ठुला कम्पनीहरू ल्याएर स्वदेशमै तालिमहरू दिएर रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

नेपालमै दक्ष जनशक्तिको उत्पादन गर्नका लागि राज्यले ध्यान दिनुपर्ने उनको तर्क रहेको छ । आर्थिक क्षेत्र चलायमान गर्न सरकाले एक्लै सक्ने अवस्था नरहेकाले निजी क्षेत्रको पनि आवश्यकता रहेको उनले बताएका छन् । उनले तिनै तहका सरकारले आर्थिक क्षेत्र चलायमान बनाउन निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप