आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गौशाला नगरपालिकाकी उपमेयरको गाडीमा आगजनी

आइतबार, ०८ पुस २०८०, १० : १९
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरको गाडीमा अज्ञान व्यक्तिहरूले आगजनी गरेका छन् । उपमेयर रेनु कुमारी महतो चढ्ने प्रदेश–२–००२–०००१ झ ०००५ नम्बरको गाडीमा आगजनी भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

पार्किङ गरेको ठाउँमा उनी चढ्ने बोलेरो गाडी जलेको अवस्थामा भेटिएको हो । प्रहरीले घटनास्थलबाट पेट्रोलको गन्ध आएको बोतल बरामद गरेको छ । गौशाला नगरपालिका–१ रामनगर स्थित उपमेयरको घरमा पार्किङ गरेर राखेको गाडीमा पेट्रोल छर्केर आगजनी गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

गाडी जलेको थाहा पाएसँगै घर परिवार र स्थानीयले आगो निभाएर प्रहरीलाई खबर गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप