आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा दुई जना मृत फेला

आइतबार, १६ वैशाख २०८१, १३ : १९
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । काठमाडौँमा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन् । कुलेश्वर र कीर्तिपुरमा शनिबार दुवै जना मृत फेला परेका हुन् । 

काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरस्थित सडकमा धादिङ मलेखु नगरपालिका-२ घर भई काठमाडौँ कुलेश्वर डेरा गरी बस्ने ५१ वर्षीय रमेश परियार शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौँ, कीर्तिपुर नगरपालिका-३ खसीबजार बस्ने ३८ वर्षीय रमेश श्रेष्ठ आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । 

उता सर्लाहीको ईश्वरपुर नगरपालिका-७ स्थित सागरनाथ जङ्गलमा साधु जस्तो देखिने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दैलेखको भगवतीमाई गाउँपालिका-१ बेस्तडा बस्ने १९ वर्षीय सुजन खड्का सोही गाउँपालिका-३ मेहलतोलीस्थित भिर मुनि शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप