काठमाडौँमा दुई जना मृत फेला
काठमाडौँ । काठमाडौँमा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन् । कुलेश्वर र कीर्तिपुरमा शनिबार दुवै जना मृत फेला परेका हुन् ।
काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरस्थित सडकमा धादिङ मलेखु नगरपालिका-२ घर भई काठमाडौँ कुलेश्वर डेरा गरी बस्ने ५१ वर्षीय रमेश परियार शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौँ, कीर्तिपुर नगरपालिका-३ खसीबजार बस्ने ३८ वर्षीय रमेश श्रेष्ठ आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
उता सर्लाहीको ईश्वरपुर नगरपालिका-७ स्थित सागरनाथ जङ्गलमा साधु जस्तो देखिने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै दैलेखको भगवतीमाई गाउँपालिका-१ बेस्तडा बस्ने १९ वर्षीय सुजन खड्का सोही गाउँपालिका-३ मेहलतोलीस्थित भिर मुनि शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण