मैत्रीपूर्ण टी–२० प्रतियोगिता
कुशल भुर्तेलले पेभेलियन फर्काए वेस्ट इन्डिजका कप्तानलाई
आइतबार, १६ वैशाख २०८१, १३ : ०३
काठमाडौँ । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो तेस्रो विकेट गुमाएको छ । वेस्ट इन्डिजको तेस्रो विकेट कुशल भुर्तेलले लिएका हुन् । कुशल भुर्तेलले क्यारेबियन टोलीका कप्तान रोस्टन चेजलाई बोल्ड गरे ।
चौथो नम्बरमा क्रिज समाल्न आएका रोस्टनले पेभेलियन फर्किनुअघि २२ बलमा एक छक्का र दुई चौकाको मद्दतले २३ रन बनाएका थिए । १० औँ ओभरमा अन्तिम बलमा रोस्टन आउट हुँदा वेस्ट इन्डिजले ६४ रन बनाएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण