शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

आइतबार, १६ वैशाख २०८१, १३ : १५
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ ।

  • पाल्पा,  तिनाउ गाउँपालिका-२ छिसखोलास्थित सडकमा लु.२ ख ८७४ नम्बरको टिपरले  लु.१७ प १५२४  नम्बरको मोटरसाइकललाई ठक्कर दिई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक रैनादेबी छहरा गाउँपालिका-६ बस्ने ४३ वर्षीय जग बहादुर बलालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको  हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • कञ्चनपुर, पुनर्वास नगरपालिका-१० दोदास्थित सडकमा आइसक्रिम बेच्ने साइकल अनियन्त्रित भई सडकबाट करिब ६ फिट तल खसेर शनिबार बेलुकी दुर्घटना हुँदा साइकल चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय नारद रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उनको मृत्यु भएको हो । 
  • रामेछाप, मन्थली नगरपालिका-१ हाटेचौरस्थित सडकमा मन्थलीबाट तिनलालपार्कतर्फ जाँदै गरेको बा.७२ प ९१७२ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ बस्ने ३५ वर्षीया सरस्वती माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको  मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
  • गुल्मी, सत्यवती गाउँपालिका-४ मौरीओडारस्थित सडकमा रूद्रवेणीबाट लिम्घातर्फ जाँदै गरेको लु.१ च ४३२० नम्बरको पिकअप गाडी सडकबाट करिब ४० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा पिकअपमा सवार सोही गाउँपालिका-४ बस्ने ७५ वर्षीय मन बहादुर फुम्जालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको क्रममा मृत्यु भएको   हो । साथै दुर्घटनामा घाइते भएका पिकअपमा सवार ३ जनालाई मिसन अस्पताल पाल्पा र ५ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ पठाइएको छ भने ३ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् । पिकअप चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप