मैत्रीपूर्ण टी–२० प्रतियोगिता
कुशल भुर्तेलले नै लिए वेस्ट इन्डिजको चौथो विकेट
आइतबार, १६ वैशाख २०८१, १३ : १७
काठमाडौँ । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो चौथो विकेट गुमाएको छ । वेस्ट इन्डिजको चौथो विकेट पनि कुशल भुर्तेलले नै लिएका हुन् । उनले क्यारेबियन टोलीका पाँचौँ नम्बरका ब्याट्सम्यान केसी कार्टीलाई १० रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका हुन् ।
कुशल भुर्तेलले लिएको यो दोस्रो विकेट हो । यसअघि वेस्ट इन्डिजका कप्तान रोस्टन चेजलाई पनि उनले नै बोल्ड गरेका थिए । १३.२ ओभरमा केसी कार्टी आउट हुँदा वेस्ट इन्डिजले ७९ रन बनाएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण