आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
मैत्रीपूर्ण टी–२० प्रतियोगिता

कुशल भुर्तेलले नै लिए वेस्ट इन्डिजको चौथो विकेट

आइतबार, १६ वैशाख २०८१, १३ : १७
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो चौथो विकेट गुमाएको छ । वेस्ट इन्डिजको चौथो विकेट पनि कुशल भुर्तेलले नै लिएका हुन् । उनले क्यारेबियन टोलीका पाँचौँ नम्बरका ब्याट्सम्यान केसी कार्टीलाई १० रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका हुन् । 

कुशल भुर्तेलले लिएको यो दोस्रो विकेट हो । यसअघि वेस्ट इन्डिजका कप्तान रोस्टन चेजलाई पनि उनले नै बोल्ड गरेका थिए । १३.२ ओभरमा केसी कार्टी आउट हुँदा वेस्ट इन्डिजले ७९ रन बनाएको छ ।   

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप