आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
संकल्प यात्रा

एमाले संकल्प यात्रामा खर्च : एक छाकमा ३ लाख ९८ हजार

आइतबार, ०८ पुस २०८०, १५ : ३३
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । नेकपा एमालेले मंसिर १४ देखि पुस १ सम्म मध्यपहाडमा गरेको संकल्प यात्राका क्रममा भएको अधिकांश खर्च स्थानीय तहबाटै भएको जनाएको छ ।

आइतबार संकल्पयात्राबारे संचारकर्मीसँगको अन्तरक्रियामा एमाले अध्यक्ष केपी शर्मा ओलीले यात्राका क्रममा भएको खर्च जिल्ला र प्रदेश तहबाटै भएकाले यति नै भयो भनेर हिसाब नराखेको जनाए ।

‘यदि हामीले यस्तो कार्यक्रम केन्द्रीय तहबाट गर्न खोज्छाँै भने वा सरकारी तवरबाट गर्न खोज्छाँै भने कति करोडको खर्च पुग्छ भनिसाध्य हुँदैन’, ओलीले भने, ‘यो ५० औँ करोडभन्दा माथि जान सक्छ ।  तर हामी जम्माजम्मी जनता र कार्यकर्तामा भर पर्‍यौ । तलै भर पर्‍यौ । उहाँहरुले म्यानेज गर्नुभयो । त्यहाँका जिल्ला कमिटी, प्रदेश कमिटीले सपोर्ट गरे ।’

उनले एउटा उदाहरण दिँदै भने, ‘धादिङको सल्यानटारमा खानामा भएको खर्च रु ३ लाख ९८ हजार ३३२ मध्ये रु १ लाख ८४ हजार ६७० बराबरको खाद्यान्न, तरकारी र फलफूल जनसहभगीताबाटै जुटाइएको थियो ।’

ओलीले चामल, तरकरीलगायत अधिकांश खाद्यान्न स्थानीय नै प्रयोग भएको बताए । ‘म दावाका साथ भन्छु एमालेबाहेक अरू कसैले यस्तो कार्यक्रम गर्न सक्दैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप