शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतन्त्रप्रति जनतामा असाधारण विश्वास छ : ओली

आइतबार, ०८ पुस २०८०, १३ : ५२
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा ठुलो चुनौती युवाहरू देशमा नबस्ने समस्या रहेको बताएका छन् । आइतबार पार्टी कार्यालय च्यासलमा झुलाघाट–चिवा भञ्ज्याङ संकल्प यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आलीले यात्राका क्रममा नेपाली जनतामा लोकतन्त्रप्रति असाधारण विश्वास रहेको भन्दै मध्य पहाडका क्षेत्रमा सबभन्दा ठुलो समस्या बसाइसराई रहेको आफूले पाएको बताए ।

‘सबैभन्दा ठुलो समस्या युवाहरू देशमा नबस्ने रहेछ तर लोकतन्त्रप्रति असाधारण विश्वास रहेको पाइएको छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘४० प्रतिशत युवाहरु मात्र देखिए । अरू उमेर समूह धेरै देखियो । तैपनि मानिसहरूमा आशावादिता छ । ’

उनले यात्राका क्रममा आफ्ना धारणाहरु राख्दा कृषिको आधुनिकीकरण र व्यवसायीकरणको कुरा गर्दा जनता आकर्षित भएको बताए । अध्यक्ष ओलीले यात्राका क्रममा आफूहरूले आशा जगाउने काम गरेको पनि बताए । जनताले दिएका माग पत्रबारे के गर्न सकिन्छ भन्नेमा छानबिन भइरहेको भन्दै त्यसबारे आवश्यक कारबाही अघि बढाउने जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप