शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापाको नेतृत्वमा जलाइयो मन्त्री किरातीको पुत्ला

आइतबार, ०८ पुस २०८०, १७ : १५
आइतबार, ०८ पुस २०८०

भक्तपुर ।  राप्रपा नेपाल भक्तपुरले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको पुत्ला दहन गरेको  छ।  ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालवलम्बीहरुको आस्था र विश्वास माथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनीहरूले पुत्ला दहन गरेका हुन् । 

मन्त्री किरातीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले मन्त्री किरातीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग समेत गरेका छन् । भक्तपुरको मध्यपुर ठिमीमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता विष्णु भट्टराईले मन्त्री किरातीको चर्को विरोध गर्दै तत्काल बर्खास्त गर्नुपर्ने माग गरे । 

कार्यक्रम अघिको बैठकमा बोल्दै अध्यक्ष कमल थापाले आन्दोलनको वातावरण निर्माण गर्न र व्यापक तयारीमा लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे । थापाले बृहत् मोर्चाको आवश्यकता औँल्याउँदै राष्ट्रवादी देशभक्त र प्रजातन्त्रवादी शक्ति एक ठाउँमा आएर संघीय गणतान्त्रिक भ्रष्ट व्यवस्थाको अन्त्य आवश्यक भएकोमा जोड दिए । पार्टीले आगामी पौष १६ गते भक्तपुरमा विरोध सभा गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप