कर्णालीका पाँच जिल्लामा समाजवादी मोर्चा गठन
सुर्खेत । समाजवादी मोर्चा नेपालले कर्णाली प्रदेशका पाँच जिल्लामा कमिटी गठन गरेको छ । समाजवादी मोर्चाका प्रदेश संयोजक तथा माओवादी केन्द्रकी प्रदेश कमिटी अध्यक्ष विमला केसीले अहिलेसम्म पाँच वटा जिल्लाहरूमा मोर्चाको जिल्ला कमिटी गठन भएको बताइन् । सुर्खेत, कालिकोट, जुम्ला, हुम्ला र मुगुमा जिल्ला मोर्चा गठन गरिएको उनको भनाइ छ ।
सोमबार नेकपा (माओवादी केन्द्र)को प्रदेश पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकमा नेपाली विशेषताको समाजवाद विषयमा अन्तरक्रिया गर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ ।
उक्त बैठकबाट मोर्चा गठन गर्न बाँकी दैलेख, जाजरकोट, डोल्पा, रुकुम पश्चिम र सल्यानमा पुस महिनाको मसान्तसम्म मोर्चा घोषणा गरिसक्ने निर्णय गरिएको छ ।
साथै माघ ९ गते नेपाली विशेषताको समाजवादका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय पनि भएको अध्यक्ष केसीले बताइन् ।
बैठकमा माओवादीका तर्फबाट केसी, नेकपाका तर्फबाट विराट सी, जसपाका तर्फबाट गगन बहादुर सारू, नेकपा (एकीकृत समाजवादी) का तर्फबाट वसन्त विश्वकर्मा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
-
एआईले बदल्ला क्यान्सरका बिरामीको जीवन ?
-
रास्वपाको आर्थिक नीति : उदार बजार अर्थतन्त्र, सामाजिक न्याय
-
राजनीतिक व्यक्तिलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जान्छ : झलनाथ खनाल
-
गृहमन्त्रीको खाजामा माछाको काँडा प्रकरण : ‘चाडपर्व र भीआईपीका बेला मात्र होइन, वर्षभरि अनुगमन गर’
-
फ्रान्समा इबोलाको पहिलो सङ्क्रमण पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण