प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : कोशीले गण्डकी प्रदेशलाई दियो १०४ रनको लक्ष्य
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एकसय चार रनको लक्ष्य दिएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको कोशी प्रदेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर एकसय तीन रन बनाएको हो ।
कोशी प्रदेशका माथिल्ला तीन ब्याटर दोहोरो अंकमा रन बनाउनुअघि नै पेभेलियन फर्किएका थिए । कप्तान रुबिना क्षेत्री चार, काजल श्रेष्ठ ६ र अप्सरी बेगम एक रनमा आउट भए । चौथो नम्बरका क्रिज समाल्न आएकी लकिता राजवंशीले २२ रन बनाइन् । उनले २८ बलमा चार चौका हिर्काइन् ।
विमला मलाहले पनि टोलीका लागि २५ रनको योगदान गरिन् । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले जिम्मेबारीपूर्वक खेल्दै ३७ बलमा दुई चौका हिर्काइन् । सानु राजवंशी एक र संगीता राईले अविजित २३ रन बनाए । संगीताले २६ बलमा दुई चौका पनि प्रहार गरिन् ।
सबनम राईले तीन रन बटुलिन् । निशा शाह शून्य रनमै पेभेलियन फर्किइन् । एलिसा खडिया एक रनमा अविजित रहिन् । कोशी प्रदेशले अतिरिक्त रुपमा पनि १७ रन पाएको थियो । गण्डकी प्रदेशका बलर कुशम गोदार र सृष्टी जैसीले दुई–दुई विकेट लिए । आकृती तिवारी, रचना चौधरी र सुमन खतिवडाले पनि एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण