४ जना मृतावस्थामा फेला
काठमाडौँ । काठमाडौँसहित विभिन्न स्थानबाट ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीकाअनुसार गोकर्णेश्वर नगरपालिका-२ पाखाथोकस्थित आफ्नै जस्ताको टहरामा ३० वर्षीया सम्झना सापकोटा गएराति मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी महानगरपालिका-१२ टेकुस्थित फोहोर मैलाको पुलमुनि अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै संखुवासभाको भोटखोला गाउँपालिका-४ सिब्रुङ बस्ने ढक बहादुर तामाङकी छोरी १५ वर्षीया रितुमाया तामाङ सोही ठाउँस्थित छिलिम भिरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । गत बुधबार दिउँसोदेखि घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यसैबीच बर्दियाको बारबर्दिया नगरपालिका-१० स्थित तुलानाथ सामुदायिक वनमा अन्दाजी ५५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । उनको सनाखत भइसकेको छैन ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जलि, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
-
राहदानी सेवा दुई दिन बन्द हुने
-
‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
-
बल्खु क्षेत्रमा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने १७ जना पक्राउ
-
विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण