आगलागीमा परी एकको मृत्यु, लाखौँको क्षति
काठमाडौं । आगलागीको घटनामा परेर एक जनाको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका-३ होपरीगाड बस्ने रनबिर टमटाको घरमा विद्युत सर्ट भई बुधबार बेलुकी आगलागी हुँदा उनको ४ महिनाको छोरा बिजय प्रकाश टमटाको जलेर मृत्यु भएको हो । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
यसैगरी रूपन्देहीको शुद्धोधन गाउँपालिका-३ स्थित टाइगर ब्रुअरी इण्डष्ट्रिज प्रालिको कम्पाउण्डमा पार्किङ गरी राखेको बा.६ च ९०२० नम्बरको कारमा ब्याट्री सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा कारको अगाडिको भाग जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काभ्रेको चौरिदेउराली गाउँपालिका-५ स्थित गाउँपालिकाको कर्मचारीहरुको निवासमा पनि विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा ल्याप्टप, प्रिन्टर, फर्निचर लगायतका सामानहरू जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी बर्दियाको बासगढी नगरपालिका-५ हाउपुर चोक बस्ने टेक बहादुर डाङ्गीको घर नजिकै रहेको परालको टौवामा बुधबार राति आगलागी भई उक्त आगो फैलिएर सँगै रहेको गोठमा समेत आगलागी हुँदा गोठ र पराल पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण