प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : अघिल्लो चरणमा पुग्ने चारवटै टोलीको टुङ्गो
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको अघिल्लो चरणमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । काठमाडौँमा बिहीबार खेलिएको खेलपछि अघिल्लो चरणमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो ।
प्रतियोगितामा सहभागी आठवटै टोलीले अब एक–एक खेल मात्र खेल्न बाँकी छ । लिग चरणको अन्तिम खेल शनिवार खेलिने छ । लिग चरणको अन्तिम खेलपछि अघिल्लो चरणमा क्वालिफायर र इलिमिनेटर खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।
अन्तिम चरणको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशको, सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशको, मधेस प्रदेशले कर्णाली प्रदेशको र कोशी प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्ने आयोजक नेपाल क्रिकेट संघले जनाएको छ ।
तर, शनिवार खेलिने लिग चरणको अन्तिम खेलअगावै एपीएफ क्लब, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश अघिल्लो चरणमा पुग्ने पक्का भएको हो । सबै टोलीले एक–एक खेल खेल्न बाँकी रहँदा अपराजित एपीएफको १२, कोशीको १०, सुदूरपश्चिमको आठ, बागमतीको आठ, लुम्बिनीको चार, मधेसको चार, गण्डकीको दुई र कर्णाली प्रदेशको शून्य अंक रहेको छ ।
बिहीबार खेलिएको खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई आठ विकेटले पराजित गर्यो । अर्को खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्यो । एपीएफ क्लबले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गर्यो । अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण