आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
क्रिकेट

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : अघिल्लो चरणमा पुग्ने चारवटै टोलीको टुङ्गो

बिहीबार, १२ पुस २०८०, २२ : ५४
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको अघिल्लो चरणमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । काठमाडौँमा बिहीबार खेलिएको खेलपछि अघिल्लो चरणमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो ।

प्रतियोगितामा सहभागी आठवटै टोलीले अब एक–एक खेल मात्र खेल्न बाँकी छ । लिग चरणको अन्तिम खेल शनिवार खेलिने छ । लिग चरणको अन्तिम खेलपछि अघिल्लो चरणमा क्वालिफायर र इलिमिनेटर खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।

अन्तिम चरणको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशको, सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशको, मधेस प्रदेशले कर्णाली प्रदेशको र कोशी प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्ने आयोजक नेपाल क्रिकेट संघले जनाएको छ ।

तर, शनिवार खेलिने लिग चरणको अन्तिम खेलअगावै एपीएफ क्लब, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश अघिल्लो चरणमा पुग्ने पक्का भएको हो । सबै टोलीले एक–एक खेल खेल्न बाँकी रहँदा अपराजित एपीएफको १२, कोशीको १०, सुदूरपश्चिमको आठ, बागमतीको आठ, लुम्बिनीको चार, मधेसको चार, गण्डकीको दुई र कर्णाली प्रदेशको शून्य अंक रहेको छ ।

बिहीबार खेलिएको खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई आठ विकेटले पराजित गर्‍यो । अर्को खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्‍यो । एपीएफ क्लबले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गर्‍यो । अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप