सूर्य नेपाल एनपीजीए म्याच प्ले : उपाधिको लागि दिनेश र जयराम भिड्ने
काठमाडौँ । डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति र चौथो वरियताका जयराम श्रेष्ठ सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधिका लागि भिड्ने भएका छन्।
रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको सेमिफाइनल खेलमा तेस्रो वरियताका दिनेशले १६औँ होलमा जित आफ्नो पक्षमा पारे। उनले सातौँ वरियताका रामे मगरलाई ३/२ले हराउँदै लगातार दोस्रो पटक यो प्रतियोगिताको फाइनलमा स्थान बनाए। उनले नौ होलको समाप्तिमा दुई होलको अग्रता बनाइसकेका थिए। उपाधि रक्षा गर्न दिनेश अब मात्र एक जित टाढा रहेका छन्।
अर्को सेमिफाइनल खेलमा चौथो वरियताका जयराम श्रेष्ठले नवौँ वरियताका भुवन कुमार रोक्कालाई अत्यन्त प्रतिस्पर्धात्मक खेलमा अन्तिम होलमा हराए। नवौँ होलको समाप्तिमा जयरामले एक होलको अग्रता बनाएका थिए। भुवनले पुनरागमन गर्दै १५ होलको समाप्तिमा एक होलको अग्रता बनाएका थिए। तर १६औं र १७औँ होल आफ्नो पक्षमा पारेका जयरामले फाइनलमा स्थान सुरक्षित गरे।
यसअघि आजै भएको क्वाटरफाइनलमा नवौँ वरियताका भुवन कुमार रोक्काले अप्रत्याशित नतिजा निकाले। उनले पहिलो वरियताका दाबेदार भुवन नगरकोटीलाई ४/३ ले हराए। जयरामले क्वाटरफाइनलमा पाँचौँ वरियताका सञ्जय लामालाई २/१ ले हराएका थिए।
अर्को क्वाटरफाइनलमा दिनेश प्रजापतिले छैटौँ वरियताका रवि खड्कालाई अन्तिम होलमा हराउँदै संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका थिए। यस्तै रामे मगरले क्वाटरफाइनलमा १५औँ वरियताका प्रदीप कुमार लामालाई २/१ ले माथ दिए। प्रदीपले हिजो पहिलो चरणमा दोस्रो वरियताका नीरज तामाङलाई हराएका थिए।
शुक्रवार दिनेश र जयरामबीचको फाइनल खेल ३६ होलको हुनेछ। तेस्रो स्थानका लागि भुवन र रामेबीच १८ होलको प्रतिस्पर्धा हुनेछ। कुल २ लाख ५० हजार नगद पुरस्कार राशिको प्रतियोगिताको विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण