प्राधिकरणको बीमा कार्यक्रमबाट लाभ लिँदै मधेसका महिला पत्रकारहरू
सिमरा । आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले बारा सिमराकी सञ्चारकर्मी रञ्जना खतिवडालाई बिहीबार स्वास्थ्य बीमाबापतको प्राप्त रकम हस्तान्तरण गरेका छन् ।
सिमरा स्थित रेडियो नागरिक ९०.८ मेगाहर्जको समाचार प्रमुख खतिवडालाई २६ हजार ६ सय ७३ रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । गत वैशाखमा ढाडमा पलाएको ट्युमरको शल्यक्रिया गरेकी खतिवडाले बीमाबापत उक्त रकम प्राप्त गरेकी हुन् । आमसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७९/०८० मा जीटुजी पोलिसी अन्तर्गत सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग मधेस प्रदेशका एक सय १० जना पत्रकार महिलाहरूको बीमा गरेको थियो ।
मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको निकाय प्राधिकरणले गरेको उक्त बीमा कार्यक्रम अन्तर्गत खतिवडालाई बीमा सुविधा बापतको रकम हस्तान्तरण गरिएको हो । प्राधिकरणको बीमा कार्यक्रमबाट बीमितको रूपमा लाभग्राही हुने खतिवडा पहिलो महिला सञ्चारकर्मी हुन् ।
नेपाल पत्रकार महासंघ बाराकी सदस्य खतिवडालाई चेक हस्तान्तरण गर्दै अध्यक्ष यादवले महिला पत्रकारलाई लक्षित गरी अघिल्लो वर्ष सुरु गरिएको बीमा कार्यक्रमलाई निरन्तरता दिइएको बताए । प्रदेशका सबै पत्रकार महिलाहरूलाई बीमा कार्यक्रममा सहभागी हुन सार्वजनिक सूचनामार्फत आह्वान गरेर सहभागी गरिएको बताउँदै उनले बीमा सुविधाका लागि जनकपुरधाम स्थित प्राधिकरणसँग सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण