मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बाराबाट १७ हजार किलो प्याज बरामद

शुक्रबार, १३ पुस २०८०, ११ : १२
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । प्रहरीले बाराबाट १७ हजार ७३० किलो प्याज बरामद गरेको छ । जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका इन्स्पेक्टर वीरेन्द्रराज गुरुङले रातोपाटीलाई बताए ।

प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले ना.६ ख २६२५ नम्बरको ट्रक चेकजाँच गरेर सो प्याज बरामद गरेको हो । चेकजाँच गर्दा गिट्टी आयातको बिल फेला परेको थियो । ट्रकसहित सो प्याज राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको इन्स्पेक्टर गुरुङले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप