शीर्ष स्थानमा उक्लने मौका गुमायो आर्सनलले
लण्डन । फुलहमसँग स्तब्ध हुँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । आइतबार भएको खेलमा टोली १–२ गोलले स्तब्ध बन्यो ।
खेलको सुरुवातमा नै बुकायो शाकाले आर्सनललाई अग्रता दिलाएका थिए । तर २९ औँ मिनेटमा राउल जिमिनेजले फुलहमका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफमा बबी डेकोर्डोभा रिडले गोल गर्दै फुलहमलाई जित दिलाए । पराजयपछि आर्सनल २० खेलबाट ४० अङ्कसहित लिगको चौथो स्थानमा रहेको छ । फुलहम भने लगातार ३ खेलको हारको शृङ्खला रोक्दै लिगको २४ अङ्कसहित १३ औँ स्थानमा छ ।

आइतबार नै भएको खेलमा टोटनह्याम हटस्पर्सले बोर्नेमाउथलाई ३–१ गोलले हरायो । स्पर्सको जीतमा पापे सार, सान ह्युङ मिन र रिचार्लिसनले एक–एक गोल गरे ।
खेलको अन्त्यतिर एलेक्स स्कटले बोर्नेमाउथका लागि सान्त्वना गोल गरे । २० खेलबाट ३९ अङ्कसहित स्पर्स लिगको पाँचौँ स्थानमा रहेको छ । बोर्नेमाउथ भने २५ अङ्कसहित १२ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण