प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : फाइनलमा एपीएफको प्रतिद्वन्द्वी कोशी प्रदेश
काठमाडौँ । कोशी प्रदेशको टोली काठमाडौँमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार खेलिएको दोस्रो क्वालिफायर खेलमा सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
कोशी प्रदेशले अब बुधवार हुने फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग उपाधिका लागि भिडन्त गर्नेछ । एपीएफ क्लब गत आइतबार खेलिएको पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै फाइनलमा पुगेको थियो ।
दोस्रो क्वालिफायर खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाएर ८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने १३ ओभरमै केवल एक विकेट गुमाएर ९२ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।
कोशी प्रदेशको जितमा ओपनर रुबिना क्षेत्रीले ३७ रनको योगदान गरिन् । कप्तानसमेत रहेकी रुविनाले केवल २३ बलको सामना गरी एक छक्का र सात चौका हिर्काइन् । अर्की ओपनर काजल श्रेष्ठले पनि टोलीको खातामा अविजित ३८ रन थपिन् । उनले ३५ बलमा सात चौका हिर्काइन् ।
अप्सरी बेगम १२ रनमा अविजित रहिन् । उनले २१ बलमा दुई चौका प्रहार गरिन् । सुदूरपश्चिम प्रदेशकी बलर लक्ष्मी साउदले एक विकेट लिइन् । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाएकी थिइन् ।
सुदूरपश्चिमका लागि ओपनर बिन्दु रावलले पनि १७ रन जोडिन् । कविता जोशीले १५ रन बनाइन् । सुदूरपश्चिमका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशी प्रदेशकी बलर सङ्गीता राईले दुई विकेट लिइन् । एलिसा खडिया, निशा शाह र सबनम राईले एक–एक विकेट हात पारे । सङ्गीता राई प्लेयर अफ दी म्याच घोषित भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण