बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विश्वमा अमेरिकी दबदबा कमजोर बन्दै गइरहेको हो ?

सोमबार, १६ पुस २०८०, २० : ३४
सोमबार, १६ पुस २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय राजनीतिमा गएको १२ महिनामा अमेरिका, युरोप र अन्य प्रमुख लोकतन्त्रलाई कयौँ झट्का लाग्यो । तर यीमध्ये कुनै पनि झट्का विनाशकारी भने रहेन । तर यसले अमेरिकी वचश्र्व भएको पश्चिमी मूल्यबाट टाढा विश्वको बदलिँदो शक्ति सन्तुलनतर्फ इशारा गर्‍यो । विश्व अर्थतन्त्रमा लामो समयदेखि अमेरिकी दबदबा छ । कयौँ मामिलामा पश्चिमी हित विरुद्धको दिशामा हावा चलिरहेको छ ।

युक्रेनी युद्ध

कृष्ण सागरमा हालै प्राप्त केही सफलतापछि पनि युक्रेनी युद्ध जारी छ । यो नेटो र यूरोपेली संघ (ईयू)को लागि राम्रो होइन । युक्रेनी युद्ध र त्यहाँको अर्थव्यवस्थालाई टिकाइरहन ईयू र अमेरिकाले अर्बौ डलर सहायता दिइरहेका छन् । गएको वर्ष यतिबेला तिर नेटोलाई आशा थियो कि पश्चिमी देशको आधुनिक सैन्य उपकरण र गहन प्रशिक्षणको साथमा युक्रेनको सेना बढ्न सक्छ । कब्जा गरेको अधिकांश ठाउँबाट रुस बाहिर निस्कने आशा गरिएको थियो । तर यस्तो भएन ।

समस्या समय निर्धारणमा थियो । नेटो राष्ट्रहरुलाई बेलायत र जर्मनीको आधुनिक युछ ट्यांक युक्रेन पठाउन समय लाग्यो । पश्चिमी देशहरुले ट्यांक त पठाए । यसबाट रुस भड्किने अनुमान गरिएको थियो । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही गरेनन् । युक्रेनमा गोलाबारुद्धको निकै धेरै कमी छ । अमेरिकी कंग्रेसले ६० अर्ब डलरको सैन्य सहायता प्याकेज बढाउने ह्वाइट हाउसको प्रयास रोकिएको छ ।

ईयूले युक्रेनलाई दिन लागेको ५० अर्ब यूरोको सहायता प्याकेज हंगेरीले रोकिदिएको छ । यो वर्ष यी दुईमध्ये एउटा न एउटा सहायता त युक्रेनले पाउनेछ । तर त्यतिबेलासम्म निकै ढिला भइसक्नेछ । युक्रेनको लागि स्थिति निकै निराशाजनक छ । युद्ध आफ्नो पक्षमा हुने अपेक्षा युक्रेनको थियो । तर यस्तो भएन । युद्धमा जितको घोषणा गर्न रुसले युक्रेनको करीब १८ प्रतिशत हिस्सामा कब्जा जमाउनु पर्नेछ । नेटोले यस युद्धमा सहभागी हनुबाट बच्ने भरपूर कोशिश गर्नु नै युक्रेनका लागि घातक साबित बन्यो ।

भ्लादिमिर पुटिन

सिद्धान्ततः पुटिन वान्टेडको सूचिमा रहे । सन् २०२३ को मार्चमा अन्तर्राष्ट्रिय आपराधिक न्यायालयले पुटिन र उनका बाल अधिकार आयुक्तलाई युक्रेनी बच्चाहरु विरुद्ध गरिएको युद्ध अपराधको लागि दोषी ठहराएको थियो । यसबाट पुटिन अन्तर्राष्ट्रिय स्तरमा अछुत हुने आशा गरिएको थियो । उनी आफ्नै देशमा थुनिने छन् अनि पक्राउ पर्ने र निर्वासित हुने डरले यात्रा गर्न सक्दैनन् भन्ने अपेक्षा थियो । तर यस्तो भएन । यो मुद्दापछि नि पुटिन किर्गिस्तान, चीन, यूएई र साउदी अरब गए । हरेक ठाउँमा उनको भव्य स्वागत भयो ।

दक्षिण अफ्रिकामा ब्रिक्स शिखर सम्मेलनमा पनि उनी भर्चुअली सहभागी भए । ईयू र अमेरिकाको आर्थिक प्रतिबन्धका कारण रुसी अर्थतन्त्र धराशायी हुने आशा गरिएको थियो । तर अर्थतन्त्र झनै बलियो बन्यो । युक्रेनी युद्ध अमेरिका र यूरोपले घृणित भनिरहँदा भारत र चीन लगायत देशहरुले यसबारे खासै अभिव्यक्ति दिएनन् । उल्टै रुससँग सस्तोमा तेल किनेर यूरोपेली प्रतिबन्धको असरलाई उल्टाइदिए ।

इजरायल–गाजा युद्ध

इजरायल–गाजा युद्ध गाजाबासी र अक्टोबर ७ को घटनामा दक्षिण इजरायलमा प्रभावितहरुको लागि विनाशकारी रह्यो । यो घटना पश्चिमी देशका लागि खराब रह्यो । यो युद्धले विश्वको ध्यान युक्रेनबाट हटाइदियो । युद्धका असर लाल सागरसम्मै पोखिएको छ । इरान समर्थित हुथी लडाकुहरुले लाल सागर भएर सामान ढुवानी गर्ने जहाजमा हमला गरेपछि विश्व बजारमा वस्तुको भाउ बढिरहेको छ । बाटो बदल्दा ढुवानीको समय र लागत बढिरहेको छ ।

इरानको बढ्दो दबदबा

इरानले गोप्य रुपमा परमाणु हतियार विकास गरिरहेको आशंका छ । यो आरोपको उसले खन्डन गरिरहेको छ । पश्चिमी देशहरुले लगाएको प्रतिबन्धको असर कम देखिएको छ । यो वर्ष इरानले रुससँग एउटा निकट गठबन्धन पनि बनायो । युक्रेनी क्षेत्र र शहरहरूमा लञ्च गर्न इरानले रुसलाई ड्रोन उपलब्ध गराइरहेको छ । कयौँ पश्चिमी देशले यसो गर्नुको खतराबारे चेतावनी दिइरहेका भएपनि इरानले गाजा युद्धबाट लाभ उठाइरहेको छ ।

उत्तर कोरिया

उत्तर कोरियाले प्रतिबन्धित हतियार र ब्यालिष्टिक मिसाइल प्रक्षेपण जारी राख्दा अन्तर्राष्ट्रिय स्तरबाट उसविरुद्धका प्रतिबन्ध बढेका छन् । तर यति हुँदाहुँदै पनि उसले रुससँग निकट सबन्ध बनायो । उत्तर कोरियाका नेता किम जोङ उन रुस भ्रमणमा समेत गए । उनले युक्रेनमा लडिरहेका रुसी सेनाका लागि १० लाख तोप पठाए । उत्तर कोरियाले जापान सी ताकेर सानातिना ब्यालिष्टिक मिसाइल प्रहार छाडेको छैन भने लामो दूरीका कयौँ मिसाइलहरुको परीक्षण गरिरहेको छ । यी मिसाइल अमेरिकासम्म पुग्न सक्ने बताइएको छ ।

चीन

यो वर्ष अमेरिका र चीनबीचको तनाव केही कम देखियो । सन फ्रान्सिस्कोमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनी राष्ट्रपति सी जिनपिङबीच निकै हदसम्म सफल भयो । तर चीन दक्षिण चीन सागरमा आफ्नो दाबीबाट पछि हटेन । उसले एशिया–प्रशान्त देशको समुद्र तटसम्म आफ्नो दाबी विस्तार गर्ने नक्सा जारी गर्‍यो । ताइवानमा आफ्नो दाबी पनि छोडेन । आवश्यकता पर्‍यो भने बलजफ्ती ताइवानलाई फिर्ता लिने कशम नै खायो । चीनले ताइवानमा चुनावका लागि दबाब बढाइरहेको छ ।

छ त आशाको किरण ?

पश्चिमी देशका लागि यति बेला स्थिति निकै निराशाजनक छ । पृष्ठभूमिमा आशाको किरण देखिन मुश्किल छ । तर उनीहरुका लागि सकारात्मक पक्ष चाँहि के छ भने नेटो गठबन्धनले युक्रेनमा रुस आक्रमणबाट प्रेरित भएर आफ्नो रक्षात्मक उद्देश्य स्पष्ट रुपमा खोजेको छ । पश्चिममा अहिलेसम्म देखिएको सर्वसम्मतिले कयौँ मान्छेलाई आश्चर्यचकित बनाइदिएको छ । तर यसमा पनि केही दरार देखिन थालेको छ । तर मध्यपूर्वमा भने सुधारको सम्भावना धेरै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप