शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

३ जना मृतावस्थामा फेला

मङ्गलबार, १७ पुस २०८०, १६ : ३०
मङ्गलबार, १७ पुस २०८०

काठमाडौं । छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला परेका छन्  ।    काठमाडौंको बल्‍खुस्थित बल्‍खु संयुक्त सुमो पार्कमा रहेको टिकट काउण्‍टरको कोठाभित्र कैलाली धनगढी घर बताउने २२ वर्षीय राजु थापा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।  

यसैगरी नुवाकोटको शिवपुरी गाउँपालिका-६ बखती टोल बस्ने ७५ वर्षीया नेत्र कुमारी क्षेत्री आफ्नै बाख्राको खोरभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
दाङको बबई गाउँपालिका-४ हापुरे बस्ने ५३ वर्षीया भिम कुमारी गिरी पनि आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप