गेटामा शिक्षण अस्पताल सञ्चालन गर्न स्वीकृतिदेखि प्राधिकरणमा नियुक्तिसम्म
सारांश
- सरकारले गेटा अस्पताल कैलालीलाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
- काठमाडौँ उपत्यका विकास प्राधिकरणको आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
- मन्त्रिपरिषद् बैठकले विदेशी शैक्षिक कार्यक्रम नियमन गर्न नियमावली २०८३, शैक्षिक परामर्श भाषा शिक्षण तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, कारागार नियमावली, मानवअधिकारसम्बन्धी छैठाैँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति स्वीकृत गर्ने निर्णय गरेको छ ।
काठमाडौँ । सरकारले गेटा अस्पताल कैलालीलाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । त्यस्तै काठमाडौँ उपत्यका विकास प्राधिकरणको आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको आयुक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले विदेशी शैक्षिक कार्यक्रम नियमन गर्न नियमावली २०८३ स्वीकृत गर्ने, शैक्षिक परामर्श भाषा शिक्षण तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै कारागार नियमावली,मानवअधिकारसम्बन्धी छैठाैँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलिचो ताल पदमार्गमा आश्रयस्थल निर्माण
-
पार्टी पुनर्गठनबारे ‘बादल’ले कस्तो बनाउँदै छन् प्रतिवेदन ?
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा अर्को शव भेटियो, सनाखत हुन बाँकी
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण