प्रतिक थापा कारागारबाट छुटे, अख्तियारबाट तारेखमा छुट्दै
सारांश
- भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल' का छोरा प्रतिक थापा केन्द्रीय कारागारबाट रिहा भएका छन्।
- कारागारबाट छुटेपछि प्रहरीले उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको छ, जहाँबाट उनलाई तारेखमा छाड्ने तयारी छ।
- भुटानी शरणार्थी कोटामा ठगी गरेको आरोपमा मुद्दा दायर गरिएका ३० जना मध्ये प्रतिक थापा सहित ७ जनाले सफाइ पाएका छन्।
काठमाडौँ । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापा कारागारबाट छुटेका छन् । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका थापा केन्द्रीय कारागारबाट रिहा भएका हुन् । काठमाडौँ जिल्ला अदालतको फैसला अनुसार थापा लाई कारागारबाट रिहा गरिएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंले रातोपाटीलाई बताए ।
केन्द्रीय कारागारबाट छुटेपछि उनलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको छ । भ्रष्टाचार सम्बन्धी मुद्दामा उपस्थित गराए पनि सार्वजनिक पद धारण नगरेको देखिएपछि थापालाई अख्तियारले तारेखमा छाड्न लागेको छ । थापालाई तारेखमा राखेर अनुसन्धान गरिने अख्तियारका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने, ‘उहाँलाई केहीबेरमा तारेखमा छाड्छौँ ।’
अख्तियारबाट रिहा भएपछि थापालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइँदैछ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको कसुरमा मुद्दा दायर गरिएका ३० जना मध्ये प्रतिक सहित ७ जनाले सफाइ पाएका छन् । सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले गरेको अनुसन्धानको आधारमा २०८० जेठमा सरकारी वकिलले आरोपीहरू विरुद्ध अदालतमा अभियोग दायर गरेको थियो । अभियोग दायर गर्दादेखि फरार रहेका ८ जना मुद्दा फैसला हुँदा पनि फरार देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलिचो ताल पदमार्गमा आश्रयस्थल निर्माण
-
पार्टी पुनर्गठनबारे ‘बादल’ले कस्तो बनाउँदै छन् प्रतिवेदन ?
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा अर्को शव भेटियो, सनाखत हुन बाँकी
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण