बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविको उपकुलपति छनोट खुला प्रतिस्पर्धाबाट हुने गरी कार्यविधिको ड्राफ्ट तयार

बुधबार, १८ पुस २०८०, ०६ : ३८
बुधबार, १८ पुस २०८०

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेलगत्तै त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित सर्च कमिटीको पहिलो बैठकले कार्यविधिको ड्राफ्ट तयार गरेको छ ।

राजनीतिक भागबन्डाको आधारमा सबै विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्ने प्रचलनले विश्वविद्यालयको साख गिर्दै गएको विषयमा सर्वत्र आलोचना भइरहेको बेला सरकारले कार्यविधि तयार गरी मेरिटको आधारमा त्रिविको उपकुलपति छनोट गर्न लागेको हो ।

कार्यविधिमा प्राध्यापन क्षेत्रमा लगातार १० वर्ष योगदान गरेको, विद्यावारिधि भएको, त्रिविको शैक्षिक र प्राज्ञिक उन्नयनका लागि उपकुलपति भएर गर्न सक्ने कामको योजनासहितको प्रस्तुतीकरणलगायत विषय समेटिएको छ ।

कमिटीले योग्यता र शिक्षा क्षेत्रमा गरेको योगदानलाई ५५ २४५ अंकको प्रस्तुतीकरण अंक तोकेको छ । कमिटीले सबै विषय गोप्य राखेको छ । स्रोतका अनुसार ड्राफ्ट तयार भए पनि सार्वजनिक भएको छैन, यी विषय समेटेर उपकुलपति छनोट प्रक्रिया अघि बढाइने छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप