नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
काठमाडौं । विश्वव्यापी होम अप्लायन्स कम्पनी बीएसएच होम अपलाइन्सले लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा पहिलो बोस ब्राण्ड स्टोर सञ्चालनमा ल्याएको छ। ललितपुरको जावलाखेलस्थित नयाँ स्टोरबाट बोसका रेफ्रिजेरेटर, वाशिङ मेसिन, डिशवाशर तथा बिल्ट–इन किचन समाधानहरू उपलब्ध हुनेछन्।
कम्पनीका अनुसार नेपालमा शहरीकरण, बढ्दो आय र प्रिमियम घरेलु उपकरणप्रतिको आकर्षण बढ्दै गएकाले बजार विस्तार गरिएको हो। बीएसएच इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सैफ खान ले नेपाललाई दीर्घकालीन सम्भावना भएको बजार भन्दै उपभोक्तामाझ विश्वस्तरीय प्रविधि पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
बोसले विशेषगरी फ्रन्ट–लोड वाशिङ मेसिन, डिशवाशर र बिल्ट–इन किचन उपकरण क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउने जनाएको छ। कम्पनीका अनुसार नेपालमा फ्रन्ट–लोड वाशिङ मेसिनले लन्ड्री बजारको ७०–८० प्रतिशत हिस्सा ओगटेको छ भने डिशवाशरप्रतिको रुचि पनि क्रमशः बढ्दै गएको छ।
लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बोससँगको सहकार्यले नेपाली उपभोक्तालाई विश्वस्तरीय प्रविधि र गुणस्तरीय उत्पादनमा पहुँच विस्तार गर्ने बताए।
बोसले हाल नेपालभर ७० भन्दा बढी डिलर साझेदार र २० आधुनिक व्यापारिक आउटलेटमार्फत आफ्ना उत्पादन बिक्री गर्दै आएको छ। कम्पनीले आगामी दिनमा खुद्रा सञ्जाल विस्तार, उपभोक्ता शिक्षा र बिक्रीपछिको सेवामा थप लगानी गर्ने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण