प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधिका लागि आज एपीएफ र कोशी भिड्दै
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि बुधबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेशबिच भिडन्त हुँदै छ । फाइनल खेल नेपाल समय अनुसार, बिहान ११ः०० बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
एपीएफको टोली पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई नै ५२ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । त्यसपछि कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशसँग दोस्रो क्वालिफायर खेल खेलेको थियो । दोस्रो क्वालिफायरमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएको थियो ।
त्यसअघि सुदूरपश्चिमको टोलीले इलिमिनेटर खेलमा बलियो बागमती प्रदेशलाई नौ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । प्रतियोगिताको लिग चरणमा पनि एपीएफको टोली अपराजित रहेको थियो ।
लिग चरणको खेलमा एपीएफले आफूले खेलेको सातवटै खेलमा जित हात पारेको थियो । लिग चरणमा १४ अंकसहित एपीएफ क्लब पहिलो भएको थियो । कोशी प्रदेश भने लिग चरणको खेलमा दोस्रो भएको थियो । लिग चरणमा आफूले खेलेका सातमध्ये ६ खेलमा कोशी प्रदेश विजयी भएको थियो ।
त्यसैले पनि बुधबार हुने एपीएफ र कोशी प्रदेशबिचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । यी दुवै टोलीका कप्तान निकै अनुभवी छन् । दुवै टोलीमा अनुभवी खेलाडीको बाहुल्य छ । एपीएफ क्लब सीता रानामगर र कोशी प्रदेश रुविना क्षेत्रीको कप्तानमा मैदानमा ओर्लने छ ।
रुबिना क्षेत्री जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले हालसम्म प्रतियोगितामा कुल दुई सय ८३ रन बनाइसकेका छन् । उनले १० विकेट पनि लिएकी छन् । एपीएफ क्लबकी इन्दू बर्माले पनि हालसम्म दुई सय ३१ रन बनाइसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा लग्जरी कर उपयुक्त छैन : गगन थापा
-
ओलीले शपथ लिँदा ‘त्यो पर्दैन’ भनेर पन्छाएको विषयमा परेको रिट खारेज
-
विजय गच्छदारले भने, ‘सिध्याइदिने अरे...’
-
यामाबुद्ध स्केट पार्कमा नवौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप
-
उजुरीकै भरमा हतकडी लगाएर हिरासतमा राख्नु कति जायज हो ?
-
बागमती प्रदेशसभा : पुरातात्त्विक सामग्रीको खोजी गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण