शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ प्रणालीबाट थप २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बुधबार, १८ पुस २०८०, ११ : २८
बुधबार, १८ पुस २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार थप २५ अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने भएको छ । केन्द्रीय बैंकले अघिल्लो दिन (मंगलबार) निक्षेप संकलन उपकरणमार्फत १० अर्ब रुपैयाँ तरलता प्रसोचन गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले आज थप २५ तरलता तान्ने भएको हो ।

एक सूचना जारी गर्दै केन्द्रीय बैंकले निक्षेपका लागि दरखास्त आह्वान गरेको छ । अनलाइन विडिङ सिस्टममार्फत आज दिउँसा २ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । 
अघिल्लो दिन ७ दिनका लागि १० अर्ब निक्षेप प्रसोचन गरेको बैंकले आज १४ दिनका लागि २५ अर्ब माग गरेको हो ।

बुधबार खरिद हुने निक्षेपपत्र आगामी माघ ३ गते परिपक्क हुने बैंकले जनाएको छ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप