उपाधि जितेसँगै सक्रिय खेल जीवनबाट सन्न्यास लिइन् ज्योति पाण्डेले
काठमाडौँ । राष्ट्रिय महिला क्रिकेट टोलीकी अनुभवी खेलाडी ज्योति पाण्डेले सक्रिय खेल जीवनबाट सन्न्यास लिएकी छन् । काठमाडौँमा बुधवार सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको समापनसँगै उनले सक्रिय खेल जीवनबाट सन्न्यास लिएकी हुन् ।
राष्ट्रिय टोलीकी ओपनर ज्योतिको सन्न्यास सुखद रह्यो । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई प्रधानमन्त्री कपको उपाधि चुमाउँदै उनले सक्रिय खेल जीवनबाट सन्न्यास लिएकी हुन् । उनी टोलीकी प्रभावशाली विकेटकिपर पनि हुन् ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न प्रधानमन्त्री कपको फाइनल खेलमा एपीएफ क्लबले कोशी प्रदेशलाई ११ रनले हराएको थियो । यसलाई रमाइलो संयोग मान्नुपर्छ, ज्योतिले आफ्नो अन्तिम प्रतियोगिताको फाइनलमा आफ्नै गृह प्रदेशलाई हराएकी हुन् ।
ज्योतिको घर विराटनगर हो । ज्योतिले राष्ट्रिय टोलीसँगै घरेलु प्रतियोगिताबाट पनि सन्न्यासको घोषणा गरेकी हुन् । ज्योतिलाई उपाधि जितेपछि कीर्तिपुर क्रिकेट मैदानमा एपीएफको टोलीले गार्ड अफ अनरको सम्मान पनि दिएको थियो । ज्योतिले सन् २०१६ मा थाइल्यान्डमा आयोजना भएको एसीसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर टोलीमा ‘डेब्यू’ गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण