शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उपाधि जितेसँगै सक्रिय खेल जीवनबाट सन्न्यास लिइन् ज्योति पाण्डेले

बुधबार, १८ पुस २०८०, १५ : ४७
बुधबार, १८ पुस २०८०

काठमाडौँ । राष्ट्रिय महिला क्रिकेट टोलीकी अनुभवी खेलाडी ज्योति पाण्डेले सक्रिय खेल जीवनबाट सन्न्यास लिएकी छन् । काठमाडौँमा बुधवार सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको समापनसँगै उनले सक्रिय खेल जीवनबाट सन्न्यास लिएकी हुन् ।

राष्ट्रिय टोलीकी ओपनर ज्योतिको सन्न्यास सुखद रह्यो । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई प्रधानमन्त्री कपको उपाधि चुमाउँदै उनले सक्रिय खेल जीवनबाट सन्न्यास लिएकी हुन् । उनी टोलीकी प्रभावशाली विकेटकिपर पनि हुन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न प्रधानमन्त्री कपको फाइनल खेलमा एपीएफ क्लबले कोशी प्रदेशलाई ११ रनले हराएको थियो । यसलाई रमाइलो संयोग मान्नुपर्छ, ज्योतिले आफ्नो अन्तिम प्रतियोगिताको फाइनलमा आफ्नै गृह प्रदेशलाई हराएकी हुन् ।

ज्योतिको घर विराटनगर हो । ज्योतिले राष्ट्रिय टोलीसँगै घरेलु प्रतियोगिताबाट पनि सन्न्यासको घोषणा गरेकी हुन् । ज्योतिलाई उपाधि जितेपछि कीर्तिपुर क्रिकेट मैदानमा एपीएफको टोलीले गार्ड अफ अनरको सम्मान पनि दिएको थियो । ज्योतिले सन् २०१६ मा थाइल्यान्डमा आयोजना भएको एसीसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर टोलीमा ‘डेब्यू’ गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप