पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा नागरिक अभिनन्दन

रुपन्देही । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । पूर्व राजालाई शाहलाई आज स्थानीय नागरिक अभिनन्द समितिले विशेष अभिनन्दन गरेको हो ।
अभिनन्दन कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल राज्यलक्ष्मी र परिवारसहित सहभागी भएका छन् । अभिनन्दन कार्यक्रममा विभिन्न ठाउँबाट स्वतःस्फूर्त रूपमा सहभागी भएका नागरिक तथा विभिन्न सङ्घ संस्थाले झाँकी तथा सांस्कृतिक प्रस्तुति गरेका छन् ।
नागरिक अभिनन्दन समारोह मूल आयोजक समिति भैरहवाका संयोजक डा.रामप्रसाद बस्यालले जनताले राजालाई मुलुकको अभिभावकको रूपमा चाहेको बताए । देशको अवस्था धेरै बिग्रिएको बताउँदै उनले राजालाई सम्मानजनक रूपमा देशको नेतृत्वमा रहेको जनताले हेर्न चाहेको बताए । अभिनन्दन समारोहमा ‘राजा आऊ, देश बचाउ’ भन्ने लगायतका नारा लगाइएको थियो ।
शाहलाई यसअघि नवलपरासीको बर्दघाटमा पनि सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘इरान लामो र तीव्र युद्धका लागि तयार छ’
-
इजरायलले गर्यो इरानी रक्षा मन्त्रालयमाथि आक्रमण
-
इरान इजरायल तनाव: सिरिया र जोर्डनको हवाई क्षेत्र बन्द
-
शाहरान तेल प्लान्टमा लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी
-
मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति
-
इरानको आक्रमणपछि हाइफामा क्षति छैन, पश्चिम गालिलिमा १४ घाइते