आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘बेहुली फ्रम मेघौली’ निर्माण गर्दै स्वस्तिमा

बिहीबार, १९ पुस २०८०, १७ : १५
बिहीबार, १९ पुस २०८०

काठमाडौंँ । फिल्म ‘बेहुली फ्रम मेघौली’ निर्माण हुने भएको छ । अभिनेत्री स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा लिएर फिल्म बन्न लागेको हो । फिल्ममा उनले अभिनेत्री र निर्माताको दुई जिम्मेवारी बहन गर्नेछिन् । ब्ल्याक हर्स पिक्चर र मेघौली फिल्मस्को संयुक्त निर्माणमा फिल्म बन्न लागेको हो । ब्ल्याक हर्स पिक्चर अभिनेत्री स्वस्तिमा खड्काको पतिको कम्पनी हो ।

लेखकको रुपमा स्थापित आकाश बराल र सजन काफ्लेले मिलेर निर्देशन गर्ने फिल्मको छायांकन आगामी चैतबाट सुरु हुनेछ । यतिबेला निर्देशक र कलाकारसहितको टिम लोकेशन हन्टिङका लागि चितवनको मेघौलीमा छ । फिल्मको कथाको उठान नै मेघौली गाउँबाट हुने निर्देशक बरालले जानकारी दिए । उनले ‘बेहुली फ्रम मेघौली’ को पछि नाम परिवर्तन हुनसक्ने बताए । फिल्ममा निश्चल बस्नेतको समेत अभिनय रहनेछ । 

फिल्म निर्देशकद्वय बराल र काफ्लेले लेखेका हुन् । दुवैले यहि फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । फिल्मको अन्य कलाकार अहिले सार्वजनिक गरिएको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप