‘बेहुली फ्रम मेघौली’ निर्माण गर्दै स्वस्तिमा
काठमाडौंँ । फिल्म ‘बेहुली फ्रम मेघौली’ निर्माण हुने भएको छ । अभिनेत्री स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा लिएर फिल्म बन्न लागेको हो । फिल्ममा उनले अभिनेत्री र निर्माताको दुई जिम्मेवारी बहन गर्नेछिन् । ब्ल्याक हर्स पिक्चर र मेघौली फिल्मस्को संयुक्त निर्माणमा फिल्म बन्न लागेको हो । ब्ल्याक हर्स पिक्चर अभिनेत्री स्वस्तिमा खड्काको पतिको कम्पनी हो ।
लेखकको रुपमा स्थापित आकाश बराल र सजन काफ्लेले मिलेर निर्देशन गर्ने फिल्मको छायांकन आगामी चैतबाट सुरु हुनेछ । यतिबेला निर्देशक र कलाकारसहितको टिम लोकेशन हन्टिङका लागि चितवनको मेघौलीमा छ । फिल्मको कथाको उठान नै मेघौली गाउँबाट हुने निर्देशक बरालले जानकारी दिए । उनले ‘बेहुली फ्रम मेघौली’ को पछि नाम परिवर्तन हुनसक्ने बताए । फिल्ममा निश्चल बस्नेतको समेत अभिनय रहनेछ ।
फिल्म निर्देशकद्वय बराल र काफ्लेले लेखेका हुन् । दुवैले यहि फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । फिल्मको अन्य कलाकार अहिले सार्वजनिक गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण