७७ लाखले गरे आन्तरिक हवाई यात्रा

काठमाडौँ । सन् २०२३ को ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्ममा आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ यात्रुले हवाई यात्रा गरेका हुन् । उक्त सङ्ख्या सन् २०२२ को तुलनामा ३७.४८ प्रतिशतले बढी हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उडान सुरक्षामा सुधार र हवाई पूर्वाधारमा भएको प्रगति, जहाज सङ्ख्यामा भएको बढोत्तरीसँगै गन्तव्य विस्तारले विगतका वर्षभन्दा यस वर्ष हवाई यात्रुको सङ्ख्या बढ्दै गएको बताए ।
“सन् २०२२ को ११ महिनामा आन्तरिकतर्फ ५६ लाख ६८ हजार ९४१ र अन्तर्राष्ट्रियतर्फ ७७ लाख ९४ हजार २१७ जनाले हवाई सेवा लिएका छन् । सन् २०२२ को तुलनामा सन् २०२३ को ११ महिनामा आन्तरिकतर्फ ३७ प्रतिशते हवाई यात्रु बढेका छन्,” उनले भने ।
सूचना अधिकारी भुलले सोही अवधिमा अन्तर्राष्ट्रियतर्फ ४१।०४ प्रतिशतले हवाई यात्रु बढेको जानकारी दिनुभयो । सन् २०१९ देखि सन् २०२२ को अवधिमा कोरोनाको असरले सबैभन्दा बढी नोक्सानी परे पनि उनले सन् २०२३ को मार्चदेखि (गृष्मकालीन उडान तालिका) हवाई क्षेत्र पुरानै लयमा फर्किएको जानकारी दिए ।
उनका अनुसार कोरोनापछि नेपालबाट वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि बिदेसिनेको सङ्ख्या र चीनका पाँच वटा गन्तव्यमा उडान विस्तारसँगै पर्यटकको ओहोरदोहोरले पनि हवाई यात्रुको सङ्ख्यामा प्रगति हुँदै गएको छ । उनले यसअघि दैनिक एक सयको हाराहारीमा अन्तर्राष्ट्रिय उडान हुँदै आएकोमा हाल दैनिक ११० अन्तर्राष्ट्रिय उडान अवतरण भइरहेको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदको घरबाट उद्धार गरिएकी बालिकाबारे सर्वोच्च अदालतको फैसलामा के छ ? (पूर्णपाठसहित)
-
सेती नदीमा अज्ञात पुरूषको शव फेला
-
नेपालमा पहिलोपटक रोयल टुलिप होटल उद्घाटन, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार
-
श्रेष्ठको कृति 'प्राग् इतिहासः आदिम सभ्यता' सार्वजनिक
-
दलतन्त्र विरूद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔँ : प्रभु साह
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप