राष्ट्रपति पौडेल आज बुटवल र तनहुँ जाँदै
शुक्रबार, २० पुस २०८०, ०७ : ४२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल र तनहुँका कार्यक्रममा सहभागी हुँदै छन् । राष्ट्रपति पौडेल शुक्रबार गृहजिल्ला तनहुँको भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी कार्यक्रममा सहभागी हुँदै छन् । शतवार्षिकी कार्यक्रमको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यसपछि उनी बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् । सो किल्ला नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको मेयर खेलराज पाण्डेयले जानकारी दिए ।
राष्ट्रपति पौडेल दिउँसो १ बजे जितगढी किल्लामा पुग्ने र त्यहाँको अवलोकन पश्चात् कार्यक्रममा हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण