सेनाको टोलीले पृथ्वी जयन्तीका लागि गोरखाबाट पदयात्रा थाल्ने
काठमाडौँ । नेपाली सेनाले पुस २७ मा ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८० विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । यसैक्रममा पुस २१ गते गोरखा दरबारबाट पृथ्वीनारायण शाहको फौजले नेपाल एकीकरणका क्रममा प्रयोग गरेको मार्ग हुँदै नेपाली सेनाको टोलीले पदयात्रा थाल्ने भएको छ ।
उक्त पदयात्रा धादिङ तथा नुवाकोट हुँदै काठमाडौँ पुगेर नगर परिक्रमा पश्चात् पुस २७ गते नेपाली सेनाको जङ्गी अ
ड्डामा आयोजना गरिने विशेष कार्यक्रमका बिच पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा सलामी अर्पण पश्चात् समापन हुनेछ ।
पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झन्डा, नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनी (श्रीनाथ, पुरानो गोरख, काली बक्स, बर्द वाणी–हाल बर्दबहादुर तथा सबुज) को झन्डा तथा दिपज्योती सहित ऐतिहासिक सैनिक पोसाक र परम्परागत बाजागाजासहित यात्रा गर्नेछन् । पृथ्वी जयन्तीकै अवसरमा पुस २७ गते नै जङ्गी अड्डामा शाहको दिव्योपदेश सम्बन्धी प्रवचन, लघु नाटक प्रदर्शन, कविता प्रतियोगिता आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।
यस्तै, देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाईहरूमा पनि विविध कार्यक्रमहरूको आयोजना गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने जङ्गी अड्डाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्ट विरुद्ध नर्वेः कडा प्रतिस्पर्धाको अपेक्षा
-
समझदारीपत्रकाे उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी
-
कालीगण्डकीमा बेवारिसे शव फेला
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण