सेनाको टोलीले पृथ्वी जयन्तीका लागि गोरखाबाट पदयात्रा थाल्ने

काठमाडौँ । नेपाली सेनाले पुस २७ मा ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८० विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । यसैक्रममा पुस २१ गते गोरखा दरबारबाट पृथ्वीनारायण शाहको फौजले नेपाल एकीकरणका क्रममा प्रयोग गरेको मार्ग हुँदै नेपाली सेनाको टोलीले पदयात्रा थाल्ने भएको छ ।
उक्त पदयात्रा धादिङ तथा नुवाकोट हुँदै काठमाडौँ पुगेर नगर परिक्रमा पश्चात् पुस २७ गते नेपाली सेनाको जङ्गी अड्डामा आयोजना गरिने विशेष कार्यक्रमका बिच पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा सलामी अर्पण पश्चात् समापन हुनेछ ।
पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झन्डा, नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनी (श्रीनाथ, पुरानो गोरख, काली बक्स, बर्द वाणी–हाल बर्दबहादुर तथा सबुज) को झन्डा तथा दिपज्योती सहित ऐतिहासिक सैनिक पोसाक र परम्परागत बाजागाजासहित यात्रा गर्नेछन् । पृथ्वी जयन्तीकै अवसरमा पुस २७ गते नै जङ्गी अड्डामा शाहको दिव्योपदेश सम्बन्धी प्रवचन, लघु नाटक प्रदर्शन, कविता प्रतियोगिता आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।
यस्तै, देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाईहरूमा पनि विविध कार्यक्रमहरूको आयोजना गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने जङ्गी अड्डाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे
-
देउवासँग ओलीको २ घण्टा छलफल : टीआरसी, बजेट र नीति तथा कार्यक्रममा चासो
-
बलात्कारको आरोपमा भारतीय क्रिकेटर पक्राउ
-
‘सीप मेला सीपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल हो, सहकार्य गर्न तयार छौँ’
-
देशको राजनीतिक अवस्था नाजुक बनिरहेको छ : पूर्व उपराष्ट्रपति पुन
-
प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस