ह्वेल माछाको कान
माथि सतहमा काठमाडौँ उभिएको छ
उभिएका छन् महलहरू
तीभन्दा अग्ला अग्ला उभिएका छन्
महल मालिकका अहङ्कार ठाँटहरू...
तल...
भूतलमा फैलिएको छ
पानीको साम्राज्य
त्यहाँ मेरो कोक्पाको कथाबाट जन्मेको
एक विशाल ह्वेल माछा पालिएको छ
सारा दुनियाँ फन्को मारेर आजभोलि
काठमाडौँमुनि आइपुगेपछि
कान हल्लाइदिन्छ उसले घरिघरि
र काँप्छ थरर काठमाडौँ
त्यतिबेला सँगै काँप्छन् महल
र महल मालिकका अहङ्कारहरू
केही पलकै लागि भए पनि
झकझकिन्छन् तिनका निर्दयीपनहरू
र भाडामा बस्ने वर्गप्रति
जाग्छ थोरै माया, प्रेम र करुणा
हो त्यतिबेला
काँप्छ बालुवाटारसँगै अरू प्रख्यात टारहरू
हल्लिन्छ शीतलनिवास र अरू शक्तिशाली निवासहरू
तर्सन्छ संसद् भवन र थुप्रै व्यापारिक भवनहरू
सिंहदरबार र कति कति अघोषित दरबारहरू.....
अफसोस !
थामिएपछि कम्पन फेरि यो सहरको
पैतालापट्टि मानवता ओछ्याइराखेर
शक्ति पैसा र यौवनको सिरानी पारेर
उसैगरी भुसभुस निदाउँछन् सबै मालिकहरू
भर्खरैलाई फेरि पूरापूर बिर्सिदिएर...
के यस्तो हुन नसक्ला कि !
बेला बेला कान हल्लाइदिएर ह्वेल माछाले
सुध्रनू भन्ने चेतावनी दिएको पो हो कि
मानवता हराएको यो सहरलाई
कुनै सन्देश पो दिँदैछ कि
हो पक्कै केही यस्तै हुनुपर्छ
जरुर केही त सन्देश हुनै पर्छ
कोक्पाको कथा राई भाषामा ‘हजुरबुबाको कथा’ हो, त्यस कथामा जमिनभित्र एक विशाल ह्वेल माछा बस्छ र त्यसले कान हल्लाउँदा भुइँचालो जान्छ ।
बाम्राङ, खोटाङ
हाल दक्षिणकोरिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण