मलेसियामा गैरकानुनी कामदारमाथि धडपकड तीव्र

काठमाडौँ । मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ । मलेसियन प्रहरीले शुक्रबार कम्पुङ जालान केबुनमा रहेको रिसाइकल कारखानामा छापा मारेर चार महिलासहित सय विदेशीलाई पक्राउ गरेको हो ।
बुकित अमान सीआईडी एन्टी ट्राफिकिङ इन पर्सन एन्ड स्मगलिङ अफ माइग्रेट्स (एटिप्सम) डी ३ का प्रमुख सहायक निर्देशक सोफियान सान्टोङले सेलान्गोर श्रम विभाग र वातावरण विभागसँगको सहकार्यमा उनको युनिटले गरेको छापामारीमा ६० वर्षीय वृद्ध पनि भेटिएको बताए ।
‘इलेक्ट्रोनिक पार्टपुर्जाजस्ता वस्तु प्रशोधन गर्ने कारखाना सञ्चालनका लागि चिनियाँ नागरिकलाई भाडामा दिइने जग्गाको मालिक स्थानीय व्यक्ति भएको जनाएको छ, अन्य १८ देखि ३९ वर्षका थुनुवामा १९ चिनियाँ, म्यानमारका १०, बंगलादेशी ६१, नेपाली दुई र कम्बोडियाली आठ जना रहेका छन्,’ सहायक निर्देशक सान्टोङले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'यो मन त मेरो नेपाली हो'को अमेरिकामा विशेष शो
-
‘उत्पादन बढी हुँदा तरकारी सस्तो, किसानले मूल्य पाउनै छोडे’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
‘दातृ संस्थाले सुविधायुक्त होटलमा सेतो तन्नामा सुत्नका लागि मात्रै लैजान्छन्’
-
पथरीमा जीवन विज्ञानको पहिलो वर्षोत्सव
-
टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दै नेपाल