आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राजधानीको जडीबुटी स्थित स्पा सेन्टरमा आगलागी

मङ्गलबार, २४ पुस २०८०, १० : ३२
मङ्गलबार, २४ पुस २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा सञ्चालित स्पा सेन्टरमा आगलागी भएको छ । मङ्गलबार बिहान ३ बजेर ५० मिनेटमा  भवानी गौतमको घरको पहिलो तलामा आगलागी भएको हो । 

पाँच तले घरको पक्की घरको पहिलो तलामा नवीना खत्रीले सञ्चालन गरेको प्रि अप माइन्ड मसाज सेन्टरबाट आगो सल्किएको प्रहरी वृत्त बानेश्वरका एकजना अधिकृतले रातोपाटीलाई बताए । 

विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुईवटा दमकलको सहायताले सुरक्षाकर्मीले आगो निभाएका छन् ।  आगलागीबाट करिब २६ लाखको क्षति भएको आकलन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप