राजधानीको जडीबुटी स्थित स्पा सेन्टरमा आगलागी
मङ्गलबार, २४ पुस २०८०, १० : ३२
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा सञ्चालित स्पा सेन्टरमा आगलागी भएको छ । मङ्गलबार बिहान ३ बजेर ५० मिनेटमा भवानी गौतमको घरको पहिलो तलामा आगलागी भएको हो ।
पाँच तले घरको पक्की घरको पहिलो तलामा नवीना खत्रीले सञ्चालन गरेको प्रि अप माइन्ड मसाज सेन्टरबाट आगो सल्किएको प्रहरी वृत्त बानेश्वरका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुईवटा दमकलको सहायताले सुरक्षाकर्मीले आगो निभाएका छन् । आगलागीबाट करिब २६ लाखको क्षति भएको आकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण