बहुभाषिक शिक्षाको व्यवस्था गर्नुपर्ने आदिवासी जनजाति अगुवाहरुको माग

काठमाडौँ । आदिवासी जनजाति समुदायका अगुवाहरुले विद्यार्थीहरुलाई आदिवासी ज्ञानको शिक्षा दिनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै आदिवासी जनजाति समुदायका अगुवाहरुले विद्यार्थीहरुलाई आदिवासी ज्ञानको शिक्षा दिनुपर्ने बताएका हुन् । उनीहरुले प्रस्तावित विद्यालय शिक्षा विधेयकले विद्यार्थीहरुलाई आदिवासी ज्ञान दिनेकुरा समेट्नुपर्ने बताए ।
बैठकमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले विधेयकमा आदिवासी ज्ञानको शिक्षा दिनेकुरा समेट्नुपर्ने बताए । उनले आदिवासी जनजातिहरुको भाषालाई संरक्षण गर्नुपर्ने र बहुभाषिक शिक्षाको व्यवस्था गर्नुपर्ने पनि बताए । उनले मातृभाषामा शिक्षा दिनका लागि मातृभाषि शिक्षकको दरबन्दीको व्यवस्था गर्नुपर्ने बताए ।
त्यसैगरी आदिवासी जनजाति समुदायकी अगुवा सुनी लामाले आदिवासी जनजाति महिलाहरुको परम्परागत ज्ञानहरुलाई संरक्षण गर्ने कुरा विधेयकमा समेट्नुपर्ने बताइन् । उनले प्रस्तावित विधेयकमा आदिवासी ज्ञानलाई अवमूल्यन गरिएको बताइन् । उनले आदिवासी महिलाहरुको सीपलाई विद्यालयको पाठ्यक्रममा समेत राखेर दस्तावेजीकरण गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति
-
वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात
-
अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट गाउँपालिका
-
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
-
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
बिजुली र सिँचाइ सेवामा सुधार गर्न विश्व बैंकको सहयोग