बहुभाषिक शिक्षाको व्यवस्था गर्नुपर्ने आदिवासी जनजाति अगुवाहरुको माग
काठमाडौँ । आदिवासी जनजाति समुदायका अगुवाहरुले विद्यार्थीहरुलाई आदिवासी ज्ञानको शिक्षा दिनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै आदिवासी जनजाति समुदायका अगुवाहरुले विद्यार्थीहरुलाई आदिवासी ज्ञानको शिक्षा दिनुपर्ने बताएका हुन् । उनीहरुले प्रस्तावित विद्यालय शिक्षा विधेयकले विद्यार्थीहरुलाई आदिवासी ज्ञान दिनेकुरा समेट्नुपर्ने बताए ।
बैठकमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले विधेयकमा आदिवासी ज्ञानको शिक्षा दिनेकुरा समेट्नुपर्ने बताए । उनले आदिवासी जनजातिहरुको भाषालाई संरक्षण गर्नुपर्ने र बहुभाषिक शिक्षाको व्यवस्था गर्नुपर्ने पनि बताए । उनले मातृभाषामा शिक्षा दिनका लागि मातृभाषि शिक्षकको दरबन्दीको व्यवस्था गर्नुपर्ने बताए ।
त्यसैगरी आदिवासी जनजाति समुदायकी अगुवा सुनी लामाले आदिवासी जनजाति महिलाहरुको परम्परागत ज्ञानहरुलाई संरक्षण गर्ने कुरा विधेयकमा समेट्नुपर्ने बताइन् । उनले प्रस्तावित विधेयकमा आदिवासी ज्ञानलाई अवमूल्यन गरिएको बताइन् । उनले आदिवासी महिलाहरुको सीपलाई विद्यालयको पाठ्यक्रममा समेत राखेर दस्तावेजीकरण गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण