रासिद खानले भारतविरुद्धको टी–२० शृंखला खेल्न नसक्ने

काठमाडौँ । भारतविरुद्धको टी–२० क्रिकेट शृंखलामा अफगानिस्तानका रासिद खान सहभागी नहुने भएका छन् । भारतले अफगानिस्तानसँग तीन खेलको टी–२० शृंखला खेल्ने कार्यक्रम रहेको छ । स्वास्थ्य समस्याका कारण उनले भारतविरुद्धको शृंखला गुमाउने भएका हुन् ।
केही समयअघि उनको ढाडको शल्यक्रिया गरिएको थियो । अफगानिस्तानका कप्तान इब्राहिम जदरानले टोलीसँगै भारत भ्रमणमा आए पनि रासिद खानले स्वास्थ्य समस्याका कारण शृंखला भने नखेल्ने जानकारी दिएका छन् ।
‘उनी अझै पूर्णरुपमा स्वस्थ्य भइसकेका छैनन् । उनी टोलीसँगै भारत भ्रमणमा आउने छन् । तर, मैदानमा भने देखा पर्ने छैनन्,’ कप्तान जदरानले भनेका छन् । गत अक्टोबर–नोभेम्बरमा भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपछि रासिद खान मैदानमा देखा परेका छैनन् ।
उनले हालै सम्पन्न संयुक्त अबर इमिरेट्सविरुद्धको टी–२० शृंखला पनि गुमाएका थिए । उक्त शृंखलामा अफगानिस्तान २–१ ले विजयी भएको थियो । रासिदको अनुपस्थितिमा भारतविरुद्धको शृंखलामा स्पिन बलिङको जिम्मेबारी मजिब उर रहमान, मोहम्मद नाबी, नुर अहमद, क्वाइस अहमद र सराफुद्दिन असरफले समाल्ने छन् ।
संयुक्त अरब इमिरेट्सविरुद्धको शृंखलामा पनि रासिदको अनुपस्थितिमा लेगस्पिनको जिम्मेबारी क्वाइसले निर्वाह गरेका थिए । उक्त शृंखलामा क्वाइस सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । उनले शृंखलामा ६ विकेट हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनको स्वरूप फेर्ने तयारीमा एकीकृत समाजवादी
-
अस्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायाङ्कन
-
भारत-पाकिस्तानलाई संयुक्त राष्ट्रसंघका महासचिवले दिए यस्तो सुझाव
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प