इटहरीमा बर्न अस्पताल निर्माणको सम्झौता
बुधबार, २५ पुस २०८०, २० : ५१
मोरङ । कोशी प्रदेशको इटहरीमा बर्न अस्पताल निर्माण हुने भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालय र काठमाडौँको जनस्वास्थ्य सरोकार ट्रष्टबीच इटहरी उपमहानगरपालिका–८ भवानी टोलमा एक सय शय्याको बर्न अस्पताल निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा स्वास्थ्य मन्त्रालयको समेत कार्यभार सम्हाल्हेका मुख्यमन्त्री केदार कार्की र ट्रष्टका प्रमुख डा.गौरी प्रधानले हस्ताक्षर गरे । दुई बिघा १० कठ्ठा जग्गामा रु ४० करोडको लागतमा अस्पताल निर्माणमा हुन लागेको हो ।
आगामी तीन वर्षमा अस्पताल सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण शीघ्र थालिने मुख्यमन्त्री कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
-
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज, बजेटमाथिको छलफल हुने
-
कारागारमा उत्पादित सामग्रीको माग घट्यो
-
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण