कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
सारांश
- कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ।
- स्वास्थ्य कार्यालयले १६८ खोप केन्द्रमार्फत बालबालिकालाई खोप सेवा दिएको छ।
- खोप अभियानमा योगदान पुर्याउनेलाई सम्मान गरिएको थियो।
कञ्चनपुर । कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका नौ वटै पालिकाका सबै बालबालिकालाई नियमित तथा छुट खोपको पहुँचमा ल्याएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने तथा रोगबाट सुरक्षित राख्न महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए । उनले घोषणा केवल उपलब्धिमा सीमित नरही आगामी दिनमा पनि नियमित खोप सेवाको दिगोपनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
स्वास्थ्य कार्यालयका अधिकृत जनक कुँवरका अनुसार जिल्लाभर रहेका १६८ खोप केन्द्रमार्फत शून्यदेखि १५ महिनासम्मका ८ हजार ६३७ बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिएको छ ।
यस्तै, विगतमा खोप लगाउन छुटेका १३८ बालबालिकालाई पनि बिसिजी, ओपिभी, पिसिभी, रोटा, एफआइपिभी, दादुरा–रुबेलालगायत आवश्यक खोप लगाइएको उनले बताए ।
जन्मदेखि ११ महिनासम्मका सात हजार ९८८, ११ देखि २३ महिनासम्मका सात हजार ८७७ बालबालिका, नौ हजार ४२७ गर्भवती तथा २४ देखि ५९ महिनासम्मका सबै लक्षित बालबालिकाले आवश्यक खोप प्राप्त गरेको अधिकृत कुँवरले बताए ।
कार्यक्रममा खोप अभियानमा योगदान पुर्याएका विभिन्न पालिकाका खोप सहजकर्ता तथा स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
-
लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण