सहकारी अपचलनमा धरौटी बुझाएर निस्किएका मृगेन्द्रलाई सम्पत्ति शुद्धीकरणले समात्यो
पोखरा । लमजुङको कालिका बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व अध्यक्ष मृगेन्द्र घिमिरे धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत लमजुङका न्यायाधीश भेषराज पौडेलको इजलासले उनलाई ३० लाख धरौटीमा रिहा गरेको हो । घिमिरेलाई सहकारी ठगीको मुख्य दोषी बनाइएको छ ।
तर घिमिरेलाई तत्कालै पुनः पक्राउ गरेर अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाएको छ । डिएसपी मीनबहादुर घलेका अनुसार उनलाई काठमाडौँ पठाइसकिएको छ । ‘उहाँलाई काठमाडौँ लगेर सम्पत्ति शुद्धीकरणमा बुझाएका छौँ,’ उनले भने, ‘बाँकी अनुसन्धान उसैले गर्छ ।’
सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएर पनि अझै २५ जना फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘हामीले अनुसन्धानमा देखेका समस्या सबै लेखेर बुझायौँ । त्यसका आधारमा अदालतले आदेश दिएको छ,’ उनी भन्छन्, ‘हामीले पक्राउ गरेर बुझाएकाहरू धरौटीमा रिहा भइसक्नुभएको छ ।’
बेंसीसहरको कालिका बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । फरार रहेका मृगेन्द्रलाई काठमाडौँबाट पक्राउ गरेर अदालत पेस गरिएको हो । अदालतमा हाजिर भए लगत्तै उनी धरौटीमा रिहा भए ।
६ जनालाई प्रहरीले मङ्सिर १० गते पक्राउ गरेको थियो । पछि पक्राउ पुर्जी जारी भएका २६ जना मध्ये १ जना मङ्सिर १७ गते समातिए । उनीहरु जनही ७ लाख १२ हजार धरौटीमा रिहा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण