ससुरालीमा पृथ्वीनारायण शाहले भोगेको त्यो तीतो अनुभव
पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा दोस्रो विवाहबारे उल्लेख गरेका छैनन् । पहिलो विवाह अर्थात् मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भएको असफल विवाहको प्रसंग भने उनको उपदेशमा आएको छ ।
इन्द्रकुमारीसँग विवाह भए पनि मकवानपुरको चलन अनुसार पृथ्वीनारायणलाई डोला सुम्पिएको थिएन । बिहेमा पृथ्वीनारायणले दाइजोको रूपमा एक दन्ते हात्ती र नौलाख हीराको हार माग गरे । त्यो नपाएपछि उनी प्रतिशोध साँधेर रित्तो हात फर्केका थिए । पछि सन् १७६२ मा दिग्बन्ध सेनको राज्य कालमा उनले ससुराली मकवानपुरमाथि धाबा बोलेका थिए ।
मकवानपुर राज्यका राजा र राजकुमारहरुले गोर्खाका राजाहरुले भन्दा राम्रो पोसाक लगाउँथे । इतिहाकार प्रा. दिनेशराज पन्त भन्छन्, ‘विवाहपछि मकवानपुरेहरूले हेपेको अनुभूति भएपछि आफ्ना पुर्खाले गर्न खोजेको नेपाल एकीकरणको भावना उनीमा अझ बढी आएको देखिन्छ ।’
यसबारे पृथ्वीनारायणले आफ्नो दिव्योपदेशमा यसरी उल्लेख गरेका छन् —
‘मेरो विवाहा मकुवानपुरमा भयाको थियो. डोला सुम्पेको थियन र डोला पनि लैयाउ नेपाल पनि देषि आउ भनि मकुवानपुर गञु र पुग्यपछि दिकबन्द सेनलाई यवटा कुराको करेउलि लियेर भने, यकदन्ता हाति र नवलाषि हिराको हार दिन्छौ भने डोला पनि लैजाला दिन्न भन्या काढि तरवारसित पनि लैजाला भनि हाक पारि ।’
प्रचलित नेपाली भाषाअनुसारको रूप
मेरो विवाह मकवानपुरमा भएको थियो । डोला सुम्पेको थिएन र डोला पनि लिई आऊँ नेपाल पनि देखी आऊँ भनी मकवानपुर पुग्यौं र पुगेपछि दिग्बन्धन सेनलाई एउटा कुराको करेउली लिएर भनेँ । एकदन्ता हात्ती र नौलाखी हीराको हार दिन्छौ भने डोला पनि लैजाउँला, दिन्नौ भने तरवार काढी (बलै) सित पनि लैजाउँला भनी हाँक पारी (हिँडेँ) ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण