मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भाटभटेनीको मेगा कार्निभल : शारदा राजवाहकले जितिन् कार

शुक्रबार, २७ पुस २०८०, १६ : ५४
शुक्रबार, २७ पुस २०८०

काठमाडौँ।  भाटभटेनी मेगा कार्निभलको विजेता घोषणा गरिएको छ । शुक्रबार एक विशेष समारोहका बीच विजेता घोषणा गरिएको हो । जसअनुसार भक्तपुरको मध्यपुर ठिमीकी शारदा राजवाहकले टाटाको टिगोर कार जितेकी छन् । भाटभटेनी सुपरमार्केटले गत अक्टोबर १४ देखि डिसेम्बर ३१  सम्म मेगा कार्निभल आयोजना गरेको थियो । 

अफरअनुसार दुई हजार ५०० भन्दा बढीको सामान खरिद गर्नेहरू लक्की ड्रमा सहभागी हुने अवसर दिइएको थियो ।   कार्निभलमा १८ लाखभन्दा बढी सहभागी र १८ लाख चिठ्ठामध्ये राजवहाकले कार जितेकी हुन् । 

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विरेन्द्र प्रजापतिले ड्र टिपेका थिए भने मिस नेपाल २०२३ श्रेच्छा प्रधान र मिस नेपाल इन्टरनेशनल प्रसिद्धी शाहले विजेता घोषणा गरेका थिए । 

यसैगरी गुड ग्लाम ग्रुप विजेतामा अनामनगरका अजय रौनियार, टोखाका सुमित तामाङ र भक्तपुरकी मिठु सत्याल भए भने वासिङ मेसिन विजेतामा कलंक स्टोरका सक्षम मगर, कोटेश्वर स्टोरकी विष्णु माया कड्का, भक्तपुर स्टोरका सोभित थापा र टंगाल स्टोरकी ज्याती प्रजापती भए । 

Bhaat Bhateni (3)

Bhaat Bhateni (1)Bhaat Bhateni (2)Bhaat Bhateni (4)Bhaat Bhateni (5)Bhaat Bhateni (6)Bhaat Bhateni (8)Bhaat Bhateni (9)Bhaat Bhateni (11)Bhaat Bhateni (12)Bhaat Bhateni (13)Bhaat Bhateni (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप