मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
दुर्घटना

राप्ती पुलबाट बस खस्यो

शुक्रबार, २७ पुस २०८०, २२ : ५६
शुक्रबार, २७ पुस २०८०

दाङ । दाङको राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट बस खसेको छ । शुक्रबार राति नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस १० बजे राप्ती पुलबाट खसेको हो ।

जिल्ला प्रहरी कार्यलयले बस दुर्घटना भएको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यलय दाङका डीएसपी जनक मल्लले गाडी ३० जना सवार रहेकाे खुलेकाे बताए । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। अहिले सेना र  प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप