के प्रेममा छिन् अञ्जली अधिकारी ?
काठमाडौँ । अञ्जली अधिकारी लोकदोहोरी क्षेत्रकी चर्चित मोडल हुन् । ‘बोलमाया’, ‘गलबन्दी’ जस्ता गीतबाट चर्चामा आएकी उनी भिडियो अभिनय कारणले बेलाबेलामा चर्चामा छाउने गरेकी छन् ।
अहिले भने उनको चर्चाको विषय उनले सामाजिक संजालमा राखेको दुई तस्बिर भएको छ । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा एक युवकसँग दुई तस्बिर राखेकी छन् । तस्बिरमा दुवैजना रोमान्टिक देखिएका छन् । जुन तस्बिरलाई लिएर धेरै जनाले प्रेमी–प्रेमीका भएको अनुमान गरिरहेका छन् ।

अञ्जलीले ती युवकसँगको तस्बिर शेयर गरेको पहिलोपटक भने होइन । यसअघि पनि उनले केहीपटक ती युवकसँग तस्बिर सेयर गरिसकेकी छन्, जसले अञ्जली केही समयदेखि प्रेममा रहेको अनुमान समेत गरिएको छ । ती युवकको विषयमा भने उनले केही कुरा खुलाएकी छैनन् ।
उनी निकटका कुरा पत्याउने हो भने उनी ती युवकसँगको प्रेममा रहेकी छन् । यस विषयमा उनीसँग बुझ्न खोज्दा समय आएपछि सबै कुरो खोल्ने भन्दै फोन काटिन् ।
अञ्चली अभिनित पछिल्लो हिट गीत ‘अरेली काँडैले’ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण