के प्रेममा छिन् अञ्जली अधिकारी ?

काठमाडौँ । अञ्जली अधिकारी लोकदोहोरी क्षेत्रकी चर्चित मोडल हुन् । ‘बोलमाया’, ‘गलबन्दी’ जस्ता गीतबाट चर्चामा आएकी उनी भिडियो अभिनय कारणले बेलाबेलामा चर्चामा छाउने गरेकी छन् ।
अहिले भने उनको चर्चाको विषय उनले सामाजिक संजालमा राखेको दुई तस्बिर भएको छ । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा एक युवकसँग दुई तस्बिर राखेकी छन् । तस्बिरमा दुवैजना रोमान्टिक देखिएका छन् । जुन तस्बिरलाई लिएर धेरै जनाले प्रेमी–प्रेमीका भएको अनुमान गरिरहेका छन् ।
अञ्जलीले ती युवकसँगको तस्बिर शेयर गरेको पहिलोपटक भने होइन । यसअघि पनि उनले केहीपटक ती युवकसँग तस्बिर सेयर गरिसकेकी छन्, जसले अञ्जली केही समयदेखि प्रेममा रहेको अनुमान समेत गरिएको छ । ती युवकको विषयमा भने उनले केही कुरा खुलाएकी छैनन् ।
उनी निकटका कुरा पत्याउने हो भने उनी ती युवकसँगको प्रेममा रहेकी छन् । यस विषयमा उनीसँग बुझ्न खोज्दा समय आएपछि सबै कुरो खोल्ने भन्दै फोन काटिन् ।
अञ्चली अभिनित पछिल्लो हिट गीत ‘अरेली काँडैले’ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी
-
संविधान कार्यान्वयनमा नेपाली प्रेसको भूमिका सराहनीय छ : प्रचण्ड
-
प्लेअफ नजिक पुगेको बेंगलुरु र प्रतियोगिताबाट बाहिरिइसकेको चेन्नई आमनेसामने
-
आईपीएलको अंकगणित : हैदराबाद बाहिरिने नजिक, विराटलाई सर्वाधिक रन बनाउने मौका
-
ओरेन्ज र पर्पल क्यापको दौडमा गुजरातका खेलाडी अगाडि
-
औँला भाँचिएपछि सन्दीप शर्मा आईपीएलबाट बाहिरिए