'मुख्यमन्त्री रोजगार कार्यक्रमबाट एक वर्षमा १७ हजार ५ सयभन्दा बढीले रोजगारी पाए'
सुर्खेत । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक वर्षमा १७ हजार बढीले रोजगारी पाएको दाबी गरेको छ ।
मुख्यमन्त्री राजकुमार शर्माले विगत एक वर्षमा मुख्यमन्त्री रोजगार कार्यक्रमबाट १७ हजार ५ सयभन्दा बढीले रोजगारी पाएको बताए । सरकारले यो कार्यक्रम विगतदेखिनै सञ्चालनमा ल्याएको तर, प्रभावकारी हुन नसकेको कार्यक्रम हो । यस्तै मुख्यमन्त्री रोजगारका नाममा झार उखाल्नेदेखि चौतारा बनाउनेसम्मका काम भएको र कार्यक्रमको प्रभावकारीतामाथि निरन्तर प्रश्न उठिरहेको छ ।
शर्माले भने गत एक वर्षमा कार्यक्रमबाट ८ लाख ४६ हजार १ सय ९२ कार्यदिन बराबरको रोजगारी सिर्जना भई १७ हजार ५ सयभन्दा बढीले रोजगारी प्राप्त गरेको सुनाए ।
‘कर्णाली प्रदेशका बेरोजगार युवाहरुलाई रोजगारका विभिन्न अवसर उपलब्ध गराउने उद्देश्यले प्रदेशका सबै वडाहरुमा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ,’ शर्माले भने, ‘चालु आर्थिक वर्षमा समेत यस कार्यक्रमलाई निरन्तरता दिई ७१८ वटै वडाहरुमा आयोजना÷कार्यक्रम सञ्चालनका लागि रकम पठाइसकिएको छ ।’ यो वर्ष उक्त कार्यक्रमका लागि १ अर्ब १६ करोड ४० लाख रकम सशर्त अनुदानको रुपमा सबै स्थानीय तहमा पठाइएको उनले बताए । यसअघि पनि हरेक आर्थिक वर्षमा सोही मात्रामा बजेट खर्च हुने गरेको भएपनि मुख्यमन्त्री कार्यालयसँग कार्यक्रम प्रभावकारीताको खाका छैन ।
राजकुमार शर्मा मुख्यमन्त्री भएर आएपछि रोजगारी सम्बन्धी नै कार्यक्रम थप गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आन्तरिक स्रोतमा कर्णालीको ‘कन्तबिजोग’: आम्दानीमा उल्लेख्य सुधार नआउँदा घटाइयो लक्ष्य
-
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
-
पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात
-
कोलम्बिया र कङ्गोबिच प्रतिस्पर्धा सुरु, जितको खोजीमा दुवै टोली
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रियामा ढिलाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण