आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सशस्त्र प्रहरीको पोस्टमा नेपाली सेनाको दुई गोल

बुधबार, ०३ माघ २०८०, १६ : ३९
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । २३ औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाली सेनाको टिमले सशस्त्र प्रहरी बल नेपालको फुटबल टिमलाई २–० को अन्तरले हराएको छ ।

प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा भएको खेलमा ३५ वर्ष भन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतहरूको सहभागिता रहेको थियो । खेलमा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाको तर्फबाट उपरथी सन्तोष कुमार ढकाल टिम क्याप्टेन रहेका थिए ।

महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल र उपरथी सन्तोष कुमार ढकालले नेपाली सेनाको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गर्नुका साथै महानिरीक्षक अर्यालले विजयी टिमका खेलाडीहरू, प्रशिक्षक र टिम म्यानेजरलाई प्रशंसा पत्र समेत प्रदान गरेका थिए । 

शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका कार्यहरूमा समन्वय र सहकार्य गर्दै अगाडी बढिरहेको नेपाली सेना र सशस्त्र प्रहरी बिच समय–समयमा यस्ता किसिमका खेलकुद प्रतियोगिता लगायत अन्य गतिविधिहरू समेत गरिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप