बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बुटवल । बुटवलमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ। बुटवल उपमहानगरपालिकाको आयोजनामा बिहीबारदेखि पाँचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० सुरु भएको हो ।
प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । प्रमुख पाण्डेयले बुटवलबाट राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा नगरले पर्याप्त लगानी गर्ने बताए । उनले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकेमा मात्रै खेल क्षेत्रको प्रगति हुनसक्ने र खेलबाटै जीविकोपार्जन गर्नसक्ने गरी जनशक्ति उत्पादन हुने बताए ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले खेलक्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान गर्ने र सोही अनुसारको वातावरण तयार गर्ने काममा नगरले पर्याप्त चासो र लगानी गरेको बताइन् ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा १७ विधाका ५४ खेलमा एक हजार चार सय २२ विद्यार्थीले भाग लिने नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले जानकारी दिए ।
प्रतियोगितामा १८ वर्षभन्दा मुनिका विद्यार्थीले भाग लिएको र सबै खेलाडीको बीमा गरिएको उनले बताए । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई रु १७ हजार पाँच सय र तृतीयलाई रु १० हजार पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताए ।
प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८औँ नेशनल म्युजिक अवार्ड असार २६ गते आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
-
पश्चिम एसिया सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
-
९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण